दुई नाटक मञ्चन
पाेखरा | माघ १५, २०७९
पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् ।
‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।
नाटक ‘करेसा कन्सर्ट’ हाम्रा करेसाबारीका तरकारी पात्रहरूले आफ्नो महत्त्व र विशेषतामाथि छलफलमार्फत निष्कर्ष निकालेको कथा हो । नाटक बालबालिकाका लागि मात्र नभएर अहिलेका युवापुस्तालाई पनि केन्द्रित बनाएर बनाइएको छ । नाटकमा हाम्रा सामाजिक–राजनीतिक कथावस्तु दाउपेच र सन्दर्भहरूको छाया भेटिन्छ ।
त्यस्तै तरकारी पात्रमार्फत तरकारीको विशेषता, महत्त्व र अस्तित्वको सन्देश पनि बुनिएको छ भने मानव समाजको प्रवृत्ति र चरित्रको नाटकमा चित्रण गरिएको छ । नाटकमा पात्रहरू तरकारी भए पनि उनीहरूले समाज र देश झल्काएको बताउनुहुन्छ, नाटककी निर्देशक अञ्जु दाहाल । नाटकको स्क्रिप्ट पढ्दै जाँदा यसको विषयवस्तु बिल्कुलै नयाँ लागेकोले पनि यसलाई निर्देशन गर्ने जर्मको गरेको दाहालले बताउनुभयो ।
नाटकमा दिनेश सुनुवार, अनुराधा अर्याल, बिसन सुनुवार, सनिता थापा, विजया पौडेल, निश्चल कार्की, एन्जिला थापा, रोनिक्स गुरुङ, आकृति मल्ल, कामना तिवारी, अनुष्का भुवान्जी, अदिति पौडेल, सुवर्ण पौडेल, अरुशी पौडेलको अभिनय रहेको छ ।
‘गुलेली मास्टर’
नेपाली समाजमा धेरै अभिभावकले गरिबीका कारणले अध्ययनबाट आफना बालबालिकालाई वञ्चित गरेको हामी पाउँछौँ । ‘गुलेली मास्टर’ले नाटकमार्फत अध्ययनको महत्त्वलाई थप उजागर गर्ने काम गरेको छ । अध्ययनले जोकोहीलाई पनि आफ्नो खुट्टामा आफैँ उभिन अहं भूमिका खेलेको हुन्छ । यसमा हरेक नागरिकले शिक्षा हासिल गर्नु उसको नैसर्गिक अधिकार हो । अशिक्षित हुँदा समाजमा भेदभाव, अन्धविश्वास दुव्र्यसन बढ्ने हुँदा यसलाई कसरी निर्मूल पार्नुपर्छ भन्ने कुरा नाटकमार्फत बताउन खोजिएको छ । ‘शिक्षाको हकबाट अब कोही पनि वञ्चित हुनुपर्दैन, त्यसका लागि पहिले इच्छाशक्ति देखाउन जरुरी हुन्छ’ भन्ने शिक्षा दिनु नै नाटकको प्रमुख उद्देश्य हो ।
एन्जल थापा, लक्ष्मी श्रेष्ठ, समिता आचार्य, अञ्जना गुरुङ, लजिमा थापा, सञ्जिला श्रेष्ठ, आदित्य विक, सुलभ पुलामी, आँचल रसाइली, सखिन थापा, अविनाश कुँवर र पुष्पराज खतिवडाको नाटकमा अभिनय रहेको छ ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो भने कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ नाटक महोत्सवका निर्देशक परिवर्तनलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

